सिद्घान्तबाट बहकिन नहुनेः वलायर
धनगढीः नेपाल विद्यार्थी संघको सुदूरपश्चिम प्रदेश स्तरीय स्वबियु प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ।
नेविसंघका विद्यार्थीलाई प्रशिक्षणका लागि काँग्रेसले देशैभर कार्यक्रम सञ्चालन गरेको छ। सांसद विर बहादुर वलायरले कार्यक्रममा बोल्दै उनले बिगतका दिनलाई सम्झेर कपालमा कालो लगाएर विद्यार्थी बन्न मन लागेको बताए। उनले बर्तमान अवस्थामा देशको राजनितिक अवस्था निकै अप्ठ्यारोमा पुगेको बताए। साथै उनले देश शासनका विरुद्घ हिजो लडेर फेरेको देशभन्दापनि आज कमजोर परिस्थितमा पुगेको देश भन्न समेत भ्याए।
देशकै ठुलो पार्टीलाई निशेधित राजनितिको मनोविज्ञानबाट अगाडि अरुले जानखोज्दा देश ठुलो दुर्घटनामा जान सक्ने बताए। नेबिसंघ कमजोर भए मुलुक कमजोर भएर जानसक्ने भएकाले विद्यार्थीहरुले सक्रिय भएर लाग्नुपर्ने बताए। हिजोका जस्ता दिन नभएकाले विद्यार्थीको वर्गीए हकहितको लागि लाग्नुपर्ने बताए।
साथै नेपालि काँगे्रसका विधार्थी संगठनमा लागेका युवाहरुले बिवेक र सिद्घान्तभन्दा बारि जान तथा बहकिन नहुने बताए।