सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद अरुण चौधरीको निलम्बन फुकुवा

२०७९ फाल्गुन १०, ०२:५२ खबर संवाददाता

धनगढीः राष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ।

सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट सजाय माफी भएको र त्यसम्बन्धी पत्र गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी गराएका छन्।

चौधरीलाई फागुन ७ मा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माफी गरेकी थिइन्। चौधरीलाई माफी दिइएको पत्र प्रतिनिधिसभामा सुनाइएपछि अब सांसद चौधरी सबै संसदीय गतिविधिमा सामेल हुन योग्य भएका छन्।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्क्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो। उनी फरार सूचीमै रहेका बेला कैलालीबाट निर्वाचित भएका थिए।

कमेन्ट लोड गर्नुस