सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिकोे विषयमा छलफल गर्न धुम्बाराही पुगे माधव नेपाल

२०७९ फाल्गुन १०, ०५:४९ खबर संवाददाता

काठमाडौँः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन्।

राष्ट्रपति निर्वाचनबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न नेपाल धुम्बाराही पुगेका हुन्। नेपाल धुम्बाराही पुग्नुअघि नै एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, नेता घनश्याम भुसाल धुम्बाराही कांग्रेस नेतासँगको छलफलमा थिए।

चिनियाँ राजदूत चेन सङसँगको भेटवार्तापछि नेपाल पनि छलफलमा मिसिएका छन्। एकीकृत समाजवादीका नेताहरुभन्दा पहिला जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका थिए। कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा छलफलमा सहभागी रहेकाछन्।

आजै अध्यक्ष नेपाललाई भेट्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेका थिए।
 

कमेन्ट लोड गर्नुस