सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष पाँच दलका नेताको बैठक सुरु

२०७९ फाल्गुन १२, ०५:४९ खबर संवाददाता

काठमाडौँः तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताको छलफल भइरहेको छ। प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन्। बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर सेयरिङका विषयमा छलफल गरेका थिए। अहिले पुनः बैठक बसेर फाइनल निर्णय गर्ने दाबी गरेका छन्।

यस्तै बैठकमा समाजवादीका अध्यक्ष नेपाल ,उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल सहभागी छन्।

कमेन्ट लोड गर्नुस