सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति कांग्रेसलाई दिन नेकपा एस सहति सात दलको सहमति

२०७९ फाल्गुन १२, ०७:४९ खबर संवाददाता

काठमाडौंः बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति जुटेको छ।

बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको बताए। बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो। सत्ता साझेदारीका अन्य विषयमा भने आगामी बैठकमा छलफल हुने उनको भनाई थियो।

प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।

कमेन्ट लोड गर्नुस