सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपराष्ट्रपति चयनका लागि भोली मनोनयन दर्ता

२०७९ फाल्गुन २६, ०८:२६ खबर संवाददाता

काठमाडौंः राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि भोली मनोनयन दर्ताको कार्यक्रम तय भएको छ। आइतवार अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत ३ गते मतदान गर्ने कार्यतालिका छ। चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ । यसअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनको पाँच वर्षको कार्यकाल आउँदो चैत ३ मा सकिँदैछ।

उनी २०७४ चैत ४ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। सत्तारुढ गठबन्धनका दलबीचमा उपराष्ट्रपति जसपाले पाउने सहमति छ। सहमति अनुसार जसपाले उपराष्ट्रपतिमा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

कमेन्ट लोड गर्नुस