गठबन्धनमा उपराष्ट्रपतिबारे जुटेन सहमति
काठमाडौँः सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपतिबारे सहमति जुट्न नसकेपछि भोलिका लागि पुनः बैठक बोलाइएको छ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने बारे सकारात्मक छलफल भएपनि सहमति जुट्न नसकेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए। गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन्।
दुई उम्मेदवारमध्ये एकलाईमात्र गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरु समझदारी खोजी रहेका छन्।