सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको केदार ज्योतीपुञ्ज क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी

२०७९ चैत्र ५, ०८:०० खबर संवाददाता

डोटीः डोटीमा रहेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस विपिनगरमा नेपाल विद्यार्थी संघको पुरै प्यानल विजयी भएको छ।  

आइतवार सम्मपन्न स्ववियुको निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानल विजयी भएको हो। स्ववियु अध्यक्षमा नेविसंघका निर्मल बम ४८ मत सहित विजयी भएका हुन्। उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारीका सुरेन्द्र साउदले ४१ मत प्राप्त गरेका छन्। त्यस्तै सचिवमा नेविसंघका सरोज साउद ४७ मत सहित विजयी भए भने उनका प्रतिद्वन्दी अनेरास्ववियुका एकम भाटले ३९ मत प्राप्त गरे।

कोषाध्यक्षमा पनि नेविसंघकै यसोदा कलेल ४६ मत सहित विजयी भए भने उनका प्रतिद्वन्दी मञ्जिय ताडीले ३९ मत प्राप्त गरिन् । त्यस्तै सदस्यहरुमा नेविसंघकी रमिता बोहरा, अस्मिता बोगटी र हिरा पुन मगर सहित निर्वाचित भएकी छिन्।
 

कमेन्ट लोड गर्नुस