सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ जना नेपाली किशोरीको नयाँदिल्लीबाट उद्धार

। फोटो स्रोत ।
२०७५ चैत्र १९, ०७:३२ खबर संवाददाता

दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ।

उद्धार गरिएका किशोरीले एकजना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन्।

आयोगका सदस्य किरण नेगीको अगुवाइमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीको उद्धार गरिएको आयोगले जनाएको छ। तर, किशोरीलाई दिल्लीसम्म ल्याउने ‘एजेन्ट’ फरार भएका छन्।

उद्धार गरिएका अधिकांश किशोरीले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति रू. ५० हजार बुझाएको बताएका छन्। तर, दुईजनाले भने एजेन्टलाई रू. दुई लाख दिएको दाबी गरेका छन्।

उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस