सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जसपा कम्युनिष्ट पार्टी बन्न सक्दैन’

२०७९ चैत्र १२, ११:५६ खबर संवाददाता

धनगढीः पार्टी एकताका लागि नेकपा (एकीकृत समाजवादी)सँग छलफल थालिएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

धनगढीमा आइतवार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एकीकृत समाजवादीसँग एकताका लागि छलफल थालिएको बताए। उनले भने, ‘नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल पनि भएको छ। धेरै कुराहरु मिलेका छन्। तर मुल कुरा, जसपा समाजवादी पार्टी हो। समाजवादी लोकतन्त्रको अवधारणमा अगाडि बढेको छ।

कम्युनिष्ट पार्टी जसपा बन्न सक्दैन। उहाँहरुको नेकपा एकीकृत समाजवादी छ। नेकपा छोडेर समाजवादी बनौ भनेका छौँ। त्यो कुरामा सहमती भएको छैन।’ पार्टी एकता नभएपनि तालमेल जारी रहेको उनले बताए। मुलको विकास र सम्बृद्धिका लागि पाटीहरुबीच जसपाले तालमेल गर्दै आएको उनको दाबी छ।

कमेन्ट लोड गर्नुस