सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलसँग वार्ताका लागि एमाले ग¥यो समिति गठन

२०७९ चैत्र १८, ०४:२४ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका असन्तुष्ट नेता भीम रावलसँग वार्ता गर्न पार्टीभित्र समिति गठन गरिएको छ।

शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट तीन सदस्यीय समिति बनाइएको हो। उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेताहरू लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।

समितिका नेताले रावलसित संवाद गरेपछि उनलाई आवश्यक जिम्मेवारी दिने निर्णय गरिएको गुरुङले बताए।

कमेन्ट लोड गर्नुस