सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०७९ चैत्र १९, ०६:१२ खबर संवाददाता

काठमाडौं: स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेका अनुसार उनी चिकित्सकको निगरानीमा छन्। पेटमा समस्या भएपछि उनलाई चिकित्सकको निगरानीमा राखिएको छ। 

कमेन्ट लोड गर्नुस