सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन दलका शीर्ष नेताले गरे सभामुखसँग भेट

२०७९ चैत्र २५, ०५:५० खबर संवाददाता

काठमाडौँः सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

भेटमा संसद् प्रभावकारी रुपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल भएको थियो।
 

कमेन्ट लोड गर्नुस