सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म मेकरको रोजाईमा सुन्दरपश्चिमः चलचित्र रणवीर रमणीय स्थलमा छाँयाकन हुँदै (भिडियो सहित)

२०७५ वैशाख १५, ०६:५९

कुनै समय फिल्म मेकंरको आँखामा पर्न नसकेको प्रदेश नम्वर ७ का रमणीय र पर्यटकीय स्थलहरु फिल्मका पर्दामा अटाउन थालेका छन । केही वर्ष अगाडी सानो तिनो उक वा दुई दृश्य मात्रै देखिने नेपाली चलचित्रहरुमा अहिले यहाँका रमणीय र पर्यटकीय स्थलहरुले वढी ठाउँ पाउन थालेका छन । 

प्रदेश नम्वर ७ को डोटेली भाषा र गीतको प्रयोग चलचित्रमा भईरहेका वेला यहाँ छायाँकन हुने क्रम पनि वढेको छ । अहिले कैलाली कञ्चनपुर र डडेल्धुराका रमणीय स्थलहरुलाई चलचित्रको पर्दामा उतार्नका लागि नेपाली चलचित्र रणवीर धमाधम छायाँकन भईरहेको छ । 
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर छायाँकनमा गएको यो चलचित्रले झण्डै ३५ प्रतिशत सुटिङ कैलाली, कञ्चनपुर र डडेल्धुरामा गर्नेछ । डोटी निवासी गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन चलचित्र छायाँकन भईरहेको छ । लामो समय दक्षिण भारतीय चलचित्रमा अनुभव वटुलेका भण्डारी कुनै पनि कुरामा सम्झौता नगरी प्राविधिक रुपमा पनि उत्कृष्ट चलचित्र वनाउने काममा लागिरहेको वताउँछन । 

चलचित्रमा नायक सुशिल सिटौला शिर्ष भूमिकामा देखिँदैछन् । आधा दर्जन नेपाली चलचित्रमा अभिनय गरेका सिटौला धनगढीका वासिन्दा हुन् । अहिले धनगढीमा छायाँकन भईरहेको चलचित्रका लागि गृह स्थानमा सुटिङ हुँदा सुसिल पनि दङग छन । धनगढी रंगशालामा चलचित्रको गीतको सुटिङमा भेटिएका उनले भने– सानो छँदा फुटवल खेल्न आउने धनगढी रंगशालामा चलचित्र छायाँकन गर्न पाउँदा र यो ठाउँलाई फिल्मा राख्न पाउँदा धेरै खुशी लागेको छ । गर्मी भएपनि त्यसले कुनै असर पारेको छैन् । 


एउटा पढे लेखेको युवक जीवनमा घट्ने घटनाहरुलाई समेटेर बन्न लागेको चलचित्र प्राची फिल्म्स र डी. आर. फिल्म्स प्राईभेट लिमिटेडको व्यानरमा बन्न लागेको छ । चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाको लगानी रहेको छ । निर्माता रेग्मी सुन्दरपश्चिमलाई चलचित्रको माध्यमले चिनाउनका लागि धेरै सुटिङ यहाँ गरिरहेको वताउँछन । उनले झण्डै ३५ प्रतिशत सुटिङ यहाँ गरिने र केही काठमाण्डौ र वाँकी विदेशमा छायाँकन गरिने वताए । चलचित्रकी निर्माता गोमा विष्ट थापाले पनि अरु चलचित्रभन्दा फरक रुपमा निर्माण गर्नका लागि प्रदेश नम्वर ७ मा छाँयाकंनका लागि आएको वताए । 

चलचित्र रणवीरमा सुशिलसँगै शुभेक्षा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, रवि गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । धमाधम छायाँकन भईरहेको चलचित्रमा महेश पौडेलको छायाँकन, गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी रहनेछ । चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहनेछ । उनले चलचित्रमा अहिलेसम्मकै फरक द्धन्द्धको दृश्य धनगढीमा छायाँकन गर्ने योजना वनाएका छन । त्यस्तै चलचित्रमा हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । चलचित्रले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा बोल्नेछ । 

रणवीर सुटिङ स्थल धनगढी रंगशालामा चलचित्रका नायक सुसिल सिटौला, निर्देशक तथा लेखक गोविन्द सिंह भण्डारी र निर्माताद्धय दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले दिएको प्रतिक्रिया भिडियोमा हेर्नुहोस् । 

कमेन्ट लोड गर्नुस