राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा ८४औं पटक रक्तदान
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ८४ पटक रक्तदान गरेका छन्। नयाँ वर्षको अवसरमा राप्रपासँग आबद्व राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रममा सहभागी भएर उनले रक्तदान गरेका हुन्। रक्तदान गर्न पाउँदा हर्षित भएको अध्यक्ष लिङदेनले रक्तदान गर्न आम नागरिकलाई पनि सुझाव दिए।
उनले नयाँ वर्षको अवसरमा रक्तदान जस्तो पवित्र कार्यबाट सुरुवात भएकोमा प्रसन्नता पनि व्यक्ति गरे। राप्रपा अध्यक्ष लिङ्देनसहित महामन्त्री डा.धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन अध्यक्ष सुजित केसी, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल लगायत ५९ जनाले रक्तदान गरेको संगठनका संयोजक सुजित केसीले जानकारी दिए।