सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीको वार्ता टोली संवादमै सीमित

२०८० वैशाख ३, ०४:५४ खबर संवाददाता

काठमाडौँः नेकपा माओवादी केन्द्रले गठन गरेको वार्ता टोली संवाद समितिमै सीमित भएको छ।

विभिन्न पार्टीहरु सँग एकता वा मोर्चाबन्दी गर्न वार्ता टोली गठन गरेपनि टोली संवादमै सीमित भएको हो। माओवादी केन्द्रले गत पुस २३ गते विभिन्न वाम शक्तिहरुसँग पार्टी एकता गर्न पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो।  उक्त वार्ताटोलिमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देवप्रसाद गुरुङ, उपमहाचिवहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल सदस्य छन्।

महरा नेतृत्वको वार्ता टोली गठन भएको चार महिना हुँदा पनि वार्ता गरेर कुनै परिणाम निकाल्न सकेको छैन। तर, वार्ता टोलीले भने विभिन्न शक्तिसँग संवाद जारी राखेको छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीदेखि नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायत पार्टीसँग  संवाद गरी सकेको छ।

बाबुराम नेतृत्वको नेसपासँग धेरै चरणमा छलफल भएपछि प्रधानमन्त्री प्रचण्ड र बाबुराम बसेर एकता टुंगो लगाउने समझदारी भएको थियो। तर प्रचण्ड बाबुरामबीच समेत एकता हुन सकेको छैन।

कमेन्ट लोड गर्नुस