एमालेको वार्ता टोलीसँग भीम रावलको पहिलो पटक छलफल
२०८० वैशाख ३, ०९:२१
काठमाडौँः नेकपा एमालेको वार्ता टोली र नेता भीम रावलबीच छलफल भएको छ।
एमालेले गठन गरेको वार्ता टोली र नेता रावलबीच आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा पहिलो पटक वार्ता भएको हो। एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासँग नेता रावलको वार्ता भएको छ।
आज खुलस्त वार्ता भएको र सकारात्मक वार्ताका लागि फेरि बस्ने सहमति भएको नेता रावलले बताए।
कमेन्ट लोड गर्नुस