अनेरास्ववियुले धनगढीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्ने
धनगढी: अनेरास्ववियुले धनगढीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्ने भएको छ। नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धनगढी उपमहानगर कमिटीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको हो।
नगर कमिटिले उपमहानगरका १९ वटै वडामा यही सातादेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने नगर अध्यक्ष नितिश जोशीले जानकारी दिए। कार्यक्रमले जनता र जनतप्रतिनिधिबीच गुनासा, सुझाव र समस्याको दोहोरो अन्तरक्रिया गर्न सहयोग पुगाउने विश्वास जोशीको छ।