सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अस्पतालमा पनि चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने

२०७५ चैत्र २४, ०७:४४ खबर संवाददाता

कर्मचारी समायोजनका विषयमा असहमती जनाउँदै नेपाल चिकित्सक संघले आज सुदूरपश्चिमका अस्पतालमा पनि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएको छ। केन्द्रीय कार्यक्रम अनुसार  आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गर्ने  नेपाल चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशीले बताए।

डाक्टर जोशीले प्रदेशका सबै सरकारी अस्पतालमा अति आवश्यकीय बाहेकका सबै सेवा बहिष्कार गरिने बताए। सरकारले चिकित्सक संघसंग गरेको सहमती विपरीत कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै देशभरका चिकित्सक आन्दोलित भएका छन्। आन्दोलनमा सरकारी चिकित्सक संघ गोदामको पनि ऐक्यवद्धता रहेको जनाईएको छ।   
 

कमेन्ट लोड गर्नुस