चितनव २ः कृष्णपुर माविमा रोकिएको मतदान पुनः सुरु
धनगढीः प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर माविमा रोकिएको मतदान पुनः सुरु भएको छ।
मतदान स्थलमा रवि पुगेपछि उनका समर्थकले नाराबाजी गर्दा केहीबेर मतदान कार्यक्रम रोकिएको थियो। अहिले पुनः मतदान सुरु गरिएको हो।
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि आयोगले कारवाही गर्ने सहमति पछि पुनः मतदान सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले बताए।