आफ्नै गृह जिल्लामा केपी ओलीमाथि ढुङ्गा प्रहार
धनगढीः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ।
झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो। बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए।
गिरीले भने,‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो। कार्यक्रम विथोल्न अवाञ्छित गतिविधि भयो। शान्ति भंग गराउने काम भयो।’