सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलाममा एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी र कालो झन्डा प्रदर्शन

२०८० वैशाख १४, ०५:०१ खबर संवाददाता

धनगढीः नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार इलाममा पहिचान पक्षधरले कालो झन्डा देखाएका छन्।

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झन्डा प्रदर्शन गरेका हुन्। ओली एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्न इलाम पुगेका थिए। सम्बोधनका क्रममा उनले प्रदेशको नामाकरणको विषयमा आन्दोलन गर्नुको औचित्य नरहेको बताए।

जनताको मत जितेर नाम परिवर्तन गर्न आन्दोलनकारीलाई सुझाव दिँदै नेता ओलीले संविधानबमोजिम नै प्रदेशको नाम राखिएको जिकिर गरे। कार्यक्रममा अध्यक्ष ओलीसहित, उपाध्यक्ष सुवास नेम्वाङ र प्रदेश सांसद राम रानामगर लगायतको एमाले नेतालाई लक्षित गर्दै आन्दोलनकारीले कालो झन्डा देखाएका हुन्।

ओलीसहितका नेताहरु कार्यक्रमस्थल गौतमबुद्ध सभाहलतर्फ जाँदै गर्दा चोक बजारमा आन्दोलनकारीले प्रदर्शन गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस