सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले अध्यक्षको बासस्थान वरपर कडा सुरक्षा

२०८० वैशाख १४, ०९:२४ खबर संवाददाता

धनगढीः कोशी प्रदेश नामाकरणको विरोधमा प्रदर्शन गर्दै आएकालाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ।

सोही क्रममा आज इलाममा कालो झण्डा देखाउने नौ जना पक्राउ परेका छन्। इलाममा आयोजित नेकपा एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सदरमुकाम आइपुगेपछि उनलाई लक्षित गर्दै कालो झण्डा देखाउन खोजिएको बताइएको छ।

त्यसैगरी इलाम निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद राम रानालाई कोशी प्रदेश नामाकरणको विरोधीहरुले कालो झण्डा ओढाउन खोजेका थिए। दिउँसो कार्यक्रमस्थल सिटी हल जाँदै गरेको अवस्थामा प्रदेशसभा सदस्यलाई कालो झण्डा ओढाउन खोजिएपछि प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको हो।

ओलि बास बसेको होटलसँगै कार्यक्रम स्थलमासमेत सुरक्षा व्यवस्था कडा बनाइएको छ।
 

कमेन्ट लोड गर्नुस