आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं: प्रतिनिधि सभाको बैठक आज शुक्रवार बस्दैछ। शुक्रवार दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएको छ।
शुक्रवारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत समितिमा रहने प्रतिनिधि सभाका सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। प्रमुख राजनीतिक दलहरूबीच समितिको नेतृत्वको सम्बन्धमा भागबण्डा मिलेपछि प्रतिनिधिसभा बैठकबाट सदस्यहरू मनोनयन गरिँदैछ ।