सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिकलसेलका बिरामीलाई आजिवन निशुल्क उपचारको माग

२०७५ चैत्र २५, ०५:४० खबर संवाददाता

थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग बारे बनाईएको नीतिमा सुधार गर्न माग गरिएको छ। कैलालीका विभिन्न नागरिक समाजले सामाजिक विकास मन्त्री कृष्णरजा सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। सरकारी अस्पतालबाट आजिवन निशुल्क उपचारको व्यवस्थाका गर्नुपर्ने, विरामीहलाई रकम भन्दा पनि उपचारको व्यवस्था हुनुपर्ने, सिकलसेल भए नभएको थाहा पाउनका लागि  सरकारले पहिचानको आवश्यक ब्यवस्था गर्नु पर्ने माग राखिएको छ। 

ज्ञापन पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले सिकलसेलका बिरामीका लागि यस आर्थिक बर्षमा प्रदेश सरकारले छुट्याएको एक करोड ५० लाखमा कैलालीको सेती अञ्चल अस्पताल, टिकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललाई ५० लाखमाका दरले प्रदान गरिएको बताए।

उक्त बजेट कम भएको र आगामी आर्थिक बर्षको बजेटमा अझ थप बजेट छुट्याउने उनले बताए। विकास र सामाजिक परिवर्तनका लागी संचार (एफएमडिसी) धनगढीका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक उमिद बागचन्द, गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदशेका अध्यक्ष देबी खनाल लगायतले संयुक्त ?पमा सामाजिक बिकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।
 

कमेन्ट लोड गर्नुस