सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ५ जिल्लामा १० प्रतिशत जनसङख्या मात्र स्वास्थ्य बिमा पहुचमा

२०७५ चैत्र २५, ०६:५५ खबर संवाददाता

सुदूरपश्चिममा स्वास्थ्य विमा कार्यक्रममा १ लाख ६७ हजार जनसंख्या मात्र आवद्ध भएको छ। आज स्वास्थ्य विमा बोर्ड सुदूरपश्चिम प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो। सुदूरपश्चिमका ५ जिल्लामा १ लाख ६७ हजार विमित रहेको र सो सङख्या कुल जनसङख्याको झण्डै १० प्रतिशत हुन आउने स्वास्थ्य विमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रमुख जनक साउदले जानकारी दिए। कैलालीमा एक लाख दुई हजार पाँच सय २२, अछाममा १७ हजार तीन सय ५४, बैतडीमा छ हजार पाँच सय ६८, बाजुरामा १९ हजार आठ सय ७९ र बझाङमा २० हजार सात सय ९३ विमित रहेका छन्। आर्थिक वर्ष २०७४/०७५ मा एक करोड ५७ लाख ४४ हजार एक सय ७३ रुपैयाँ र आर्थिक वर्ष २०७५/०७६ को फागुनसम्म एक करोड ४५ लाख सात हजार नौ सय ६८ रुपैया सेवाप्रदायक संस्थालाई भुक्तानी गरीएको छ। 

नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास वोर्ड मार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमको आरम्भ गरेको थियो। सुदूरपश्चिममा अहिले सम्म ७ जिल्लामा कार्यक्रम विस्तार भएपनि ५ जिल्लाका विमितहरुले मात्रै सेवा पाईरहेका छन्। अन्य २ जिल्लामा भर्खरै सेवा विस्तार भएको थियो। प्रदेशको डोटी र डडेल्धुरामा मात्र कार्यक्रम सञ्चालन भएको छैन्।

कमेन्ट लोड गर्नुस