सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

२०८० वैशाख १८, ०७:४३ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ। बैठकले संसदीय दलको नेता चयनका लागि सरकारबारे आवश्यक निर्णय लिने छ।  बिहान ११ बजेपछि केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए। 

रास्वपाले सरकारबारे के गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। आइतबार मात्रै सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए। सो क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरेका थिए। तर रास्वपा आफूहरुको माग सम्बोधन हुने अवस्था नरहेको भन्दै सरकारमा जान सकारात्मक नरहेको बताइएको छ।  

कमेन्ट लोड गर्नुस