नेपालमा साइबर सुरक्षा केन्द्र चाँडै स्थापना हुने
काठमाडौं: नेपालमा साइबर सुरक्षा केन्द्र चाँडै स्थापना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे)का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बताएका हुन्।
उनले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति नियम र संरचना बनाउने कामलाई सरकारले प्राथमिकता दिएको बताए।
सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि पनि सरकार प्रतिबद्ध रहेको प्रचण्डले बताए। सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेको भन्दै प्रचण्डले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पु¥याउने सरकारको लक्ष्य रहेको बताए।