रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८० वैशाख २२, ०८:१४
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
साथै, रास्वपाले सरकारमा नजाने निर्णय गरेको छ। शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सभापती रवि लामिछानेले मतदाताहरूको मतको सम्मान गर्दै आफूहरूले सरकारमा नजाने निर्णय गरेको बताएका छन्।
सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताएका छन्।
कमेन्ट लोड गर्नुस