सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै 

२०८० वैशाख २९, १०:५७ खबर संवाददाता

धनगढीः सुुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको छ। 

प्रदेश सरकारको सहभागिता, पार्टीबाट पठाउने मन्त्रीको नाम टुंगो लगाउन दिउँसो २ बजे प्रदेशसभास्थित कार्यालयमा दलको बैठक बस्न लागेको हो। संसदीय दलका नेता खगराज भट्टले उक्त बैठकले सरकारका सम्बन्धका निर्णय लिने जानकारी दिए। माओवादी केन्द्रले आर्थिक मामिला र भौतिक पूर्वाधार मध्ये कुनै पनि नपाउने भएपछि तीन वटा मन्त्रालयमा दाबी गरेको छ। तर नागरिक उन्मुक्ति पार्टीले पनि २ मन्त्रालयको दाबी नछाड्दा मन्त्रालयगत भागबण्डामा सकस भइरहेको छ।

शुक्रबार माओवादीले लिने निर्णयका आधारमा प्रदेश सरकार विस्तारको बाटो खुल्ने बताइएको छ। नागरिक उन्मुक्तिलाई दुई मन्त्रालय छाडेर माओवादी आफूले पनि दुईमै चित्त बुझाएमा शुक्रबार नै मन्त्रिपरिषद् विस्तार हुन सम्भावना छ। माओवादीले दाबी नछाडेमा मन्त्रिपरिषद् विस्तारको झमेला केही दिन लम्बिनसक्छ।

कमेन्ट लोड गर्नुस