सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज एमाले स्थायी कमिटी बैठक बस्दै

२०८० वैशाख ३०, ०६:०३ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक आज शनिवार बस्दैछ। शुक्रवार नै बस्ने तय भएको बैठक अन्तिममा शनिवार बस्ने गरी सारिएको थियो। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शनिवार बिहान ८ बजे स्थायी कमिटी बैठक बस्ने जानकारी दिए।

बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ। केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिने जनाइएको छ।

कमेन्ट लोड गर्नुस