सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटीको बैठक 

२०८० वैशाख ३०, ०८:१२ खबर संवाददाता

धनगढीः  एमालेको केन्द्रीय समिति बैठक सकिएको छ।

तीन दिन बसेको बैठकले १६ बुँदे प्रस्ताव पारित गरेको हो। अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक सकिएको हो। प्रतिवेदनमा मिसन ग्रासरूटमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापनदेखि नक्कली भुटान शरणार्थीको विषयसम्म समेटिएको छ।

बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीका लागि माग गरेको छ।
 

कमेन्ट लोड गर्नुस