प्रतिनिधिसभा बैठक आज पनि जारी रहने
२०८० जेठ २४, ०७:२१
काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ।
आजको बैठकमा पनि आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ। छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन्। तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन्।
कमेन्ट लोड गर्नुस