सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको औषधी खरीदको टेण्डर रद्द
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले औषधी खरीदको लागि आह्वान गरेको टेण्डर रद्ध गरिएको छ। चैत १९ गते आइएमएनसिआई कार्यक्रमका लागि खोलिएको टेण्डरमा कुनै पनि फर्मबाट माग गरिएका कागजात प्राप्त नभएकाले टेण्डर रद्द गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उक्त कार्यक्रम अन्तरगत मन्त्रालयले प्याकेजमा औषधी खरिदको टेण्डर खोलेको थियो।
अव उक्त बोलपत्रमा केहि संसोधन गरि १५ दिने सुचना आह्वान गर्दै खरिद प्रक्रिया अगाडी बढाउने मन्त्रालयले जनाएको छ।सामाजिक विकास मन्त्रालयले औषधी र उपकरण खरिदका लागि आह्वान गरेको टेण्डरमा अनियमितता भएको आरोप लाग्दै आएको छ। तर मन्त्रालयले उपकरण खरिदका लागि भने सम्झौता गरिसकेको छ।