बजेट निर्माण प्रक्रियामा भएका कमजोरी सच्याउन पर्छः कांग्रेस सचेतक लेखक
काठमाडौँः कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरी सच्याउन आवश्यक रहेको बताएका छन्।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटबारे गरेको छलफल कार्यक्रममा उनले बजेट केन्द्रिकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए। उनले बजेट संघीयताअनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्नेमा जोड दिए। उनले सशर्त अनुदान विषयगत बनाई स्थानीय तहमा पठाउनुपर्ने बताए।
उनले संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउन आवश्यक रहेको बताए। प्रमुख सचेतक लेखकले साना बजजेट केन्द्र सरकारले नभई स्थानीय तहलाई नै त्यसको जिम्मेवारी दिनुपर्नेमा जोड दिए।