सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गौरा महोत्सव हुने

२०७५ भदौ ७, ०५:०७

गौरा पर्वको अवसरमा धनगढीमा गौरा महोत्सव आयोजना हुने भएको छ । सुदुरपश्चिमको भाषा संकृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ गौरा पर्वको अवसरमा सुदुरपश्चिम गौरा महोत्सव आयोजना गरिन लागिएको हो । राट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान प्रदेश नम्वर सातको आयोजनामा गौरा महोत्सव हुन लागेको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भदौ १६, १७ र १८ गते तीन दिनसम्म संचालन हुने गौरा महोत्सवमा विभिन्न कार्यक्रमहरु पनि रहेको छन । महिला र पुरुषको छुट्टा छुटै डेउडा, वाल डेउडा गायन एकल प्रस्तुति, गौरा पर्व सम्बन्धित नाच तथा झाँकीहरु र स्थानीय भेषभुषा झल्किने अन्य नृत्यहरु समेत कार्यक्रममा रहेका छन ।

धनगढीको खुल्ला मञ्चमा संञ्चालन हुने महोत्सवमा प्रवेश शुल्क नलाग्ने आयोजक समितीका संयोजक सुरत रावत डोटेली कान्छाले बताए । कार्यक्रम संञ्चालनमा करिब ३ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।   
 

कमेन्ट लोड गर्नुस