असोजमा ‘सखी’ ल्याएर फर्किदै रामलाल
मदन पुरस्कार हात पार्न सफल ‘ऐना’ कथा संग्रह प्रकाशन भएको २ बर्ष ५ महिना पुग्दै छ । ऐना कथाले पुरस्कार पाएको पनि २ बर्ष पुग्नै लागेको छ । कथाकार रामलाल जोशी पनि अव आफ्नो पहिलो उपन्यास बजारमा ल्याउने तयारीमा जुटेका छन् । डोटीको कानाचौर जन्मघर भएका साहित्यकार जोशीको २०५५ सालमा ‘हत्केलामा आकाश’ गजलसंग्रह प्रशासन भएको थियो ।
गजल संग्रह प्रकासन गरेर साहित्य नगरीमा प्रवेश गरेका जोशीले कथा र अहिले आएर उपन्यासमा पनि पाईला चालेका हुन् । असोजको दोश्रो साता ‘सखी’ उपन्यास ल्याएर नेपाली साहित्य नगरीमा फर्किने सोच जोशीको छ । तर ‘सखी’ मा नेपाली पाठकहरुले यहाँको सुन्दरता र भर्जिन कथा भेट्ने दावी लेखकको छ । लेखक जोशीले ‘सखी’ को सुरुवात पनि भिन्नै तरीकाले गरेका छन् । उनको उपन्यासको सुरुवात नै दिनेश एफएमको विहान साढे ६ बजेको समाचारबाट यसरी हुन्छ ।
सुदूरपश्चिमको आवाज दिनेश एफएम ९३.८ मेगाहर्ज र ईन्टरनेट अनलाईनमा दिनेश एफएम डटकम डट एनपी मार्फत एकैसाथ प्रशारण भईरहेको विहान साढे ६ बजेको दिनेश खवरमा सहकर्मी सीताराम ओझासंगै नवराज पनेरुको नमस्कार ।
समाचारमा स्वागत गरिसकेपछि थारु समुदायको आन्दोलन, चिसोका कारण सालघारी मुक्त कमैया शिविरका बृद्धाबृद्धाको मृत्यु, भाईरल ज्वरो, रुघाखोकी, निमोनीयाका कारण सयौँ बालबालिकाको ज्यान जोखिममा, बाढिका कारण घरवार विहिन भएकाहरुले अझै पनि राहत नपाएको गुनासो, रिक्सा चालकको आन्दोलन, ज्यालाको भेदभाव, कमलहरी प्रथा कायमै लगायतका समाचारहरु प्रशारण हुन्छन् ।
सधै भोक, रोग, गरिवी, बन्द हड्ताल, आन्दोलत र दुखतकै समाचार सुनीरहनुभएका श्रोतामा एउटा खुसीको खवर भन्दै समाचार बाचकले खुसीको समाचार पढ्छन् । ‘कमैया मुक्ति आन्दोलनदेखि नै मानव मुक्ती र स्वतन्त्रताको पक्षमा सक्रिय रहदै हाल बालबालिका, अशक्त महिला र मुक्त कम्लहरी पुनास्थापना सेवामा सेवारत एक संघर्षशिल नारीलाई विश्वकै प्रतिष्ठित मानिएको विश्व मानव सेवा पुरष्कार दिईने घोषणा, सामाजिक सञ्जालमा लाखौँ नेपालीले गौरव र खुसि व्यक्त गरेका छन् ।’
यसै गरि मानव सेवा पुरस्कार पाएकी किष्मती चौधरीको एउटा रिर्पोटबाट ‘सखी’ को सुरुवात गरिएको छ । मोफसलमै बसेर साहित्यिक गतिविधि गरिरहेका जोशी कथा संग्रह ऐनाबाट मदन पुरस्कार पाएपछि एकाएक सेलीब्रिटी नै बने । ऐना प्रकाशन र मदन पुरस्कार पाएको पनि बर्ष दिन पुगिसकेको थियो । सोही बेला जोशीको मनमा एउटा कुराले प्रवेश पायो ।
थारु समुदायको बारेमा नेपाली साहित्यमा लेख्न धेरै बाँकी छ । थारु समुदाय भित्र घुस्ने हो भने थुप्रै भनिर्जन कथाहरु भेटिन्छन भन्ने कुराले उनलाई घोचिरह्यो । लेखक जोशीको बाल्यकाल पनि थारु बस्तीमै बितेको थियो । थारु समुदायमा उत्पीडनमा परेर पनि संघर्षले सफल भएका उदाहरण पनि थुप्रै छन् ।
२०७४ साल साउन ८ गते ‘सखी’ को लेखनी सुरु भयो । ‘सखी’ मा थारु समुदायको जिवनशैलीलाई पस्किने प्रयास भएको उनले बताए । ‘सखी’ मा एउटा कम्लहरी महिलाको संघर्षलाई पनि समेटीएको छ । मदन पुरस्कार प्राप्तिपछि उनी उपन्यास लेखनमै भने लागेनन् । पुरस्कारपछिको एक वर्ष उनले ऐना कथा संग्रहको चर्चा–परिचर्चामा भाग लिए । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष पनि भएकाले मोफसलमा साहित्यिक गतिविधिलाई पनि बढाई राख्न पर्ने जिम्मेवारी उनमा थियो । सोही विचमा १५ दिन लामो साहित्यि सास्कृतीक देश दर्शन अभियान पनि चल्यो ।
नेपाल र भारतका विभिन्न स्थानमा सुदूरपश्चिमको कला, सस्कृतीलाई प्रस्तुत गरियो । एक बर्षमा तयार पारिएको उपन्यास ‘सखी’ ले पनि ‘ऐना’ जत्तिकै सफलता पाउनेमा जोशी आशावादी छन् । उनका अनुसार नेपाली साहित्यका लागि थारु समुदायका विषयबस्तु अहिले पनि भर्जिन छन् ।
थारु समुदायको विषयले साहित्यमा धेरै स्थान पाएको छैन्, त्यसैले ‘सखी’ मा नेपाली पाठकहरु भर्जिन विषयलाई पढ्न पाउने छन्, उनले भने । असोजको दोश्रो साता विमोचनको तयारी भईरहेको छ । काठमाडौ र धनगढीमै एकैदिन उपन्यासको विमोचन गर्ने तयारी रहेको जोशीले बताए ।