आमा सम्झिँदै जाह्नवी
बलिउडकी चर्चित स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुर आफ्नो पहिलो फिल्म धडकबाट दर्शकको मन जित्न सफल भइन् ।
फिल्मले ७० करोडको व्यापार ग-यो । तर, छोरीको यो प्रगति देख्नका लागि श्रीदेवी जीवित छैनन् । श्रीदेवीको सपना थियो, जाह्नवीलाई अभिनय गराउने । तर, उनले त्यो अवसर पाइनन् ।
पहिलो फिल्म ‘धडक’को सफलतापछि जाह्नवी पहिलोपटक रेड कार्पेट इभेन्टमा देखिएकी थिइन् । जाह्नवीले आमाको साथविना पहिलोपटक रेड कार्पेटमा -याम्प गरेकी थिइन् । त्यसक्रममा उनी निकै भावुक भएकी थिइन् ।
यसबारे जाह्नवीले भनेकी छिन्, ‘-याम्पका दौरान ममलाई खुबै सम्झिएको थिएँ, किनकि मलाई सहयोग गर्नका लागि उहाँ मेरो अघि हुनुहुन्नथ्यो ।’
जाह्नवीले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘मलाई अझै यस कुरामा विश्वास छैन कि मम हामीबीच हुनुहुन्न । म हरेक पल उहाँलाई सम्झिरेको छु ।’