सुदूर नेपाललाई विश्वसँग जोड्दै

चक्करको ट्रेलर सार्वजनिक

२०७५ असार २६, ०८:०३

  सस्पेन्स थ्रिलर फिल्म चक्करको ट्रेलर सार्वजनिक गरिएको छ । साउन ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अनुष्क रौनियारले निर्देशन गरेका हुन् ।
फिल्मबारे जानकारी दिन हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलरका साथमा फिल्मको एउटा गीत पनि प्रदर्शन गरिएको थियो । 
रबिन आचार्यको निर्माण र छायांकन रहेको फिल्ममा अर्पण थापा, ऋचा शर्मा, एभोनराज उप्रेती, भोलाराज सापकोटा, सृजना सुब्बा, स्मृति पोखरेललगायतले अभिनय गरेका छन् ।
प्रेसमिटमा अभिनेता अर्पणले चक्करमा आफू विगतका फिल्मभन्दा फरक भूमिकामा रहेको बताए । ऋचाले आफूले यो फिल्ममा पहिलोपटक  प्रहरीको भूमिका निर्वाह गरेको जानकारी दिइन् ।

कमेन्ट लोड गर्नुस