चुलेसीमाको रिमेक भर्सन
गीतकार एवं गायक स्वर्गीय सुनील बर्देवाको कम्पोज रहेको चर्चित गीत ‘चुलेसीमा’को नयाँ भिडियो सार्वजनिक भएको छ ।
सञ्जीव सिंहको स्वरमा रहेको गीतको भिडियो सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् । गीतका शब्द प्रकट पंगेनीले लेखेका हुन् । भिडियोमा सुनोद र मोडल एन्जिल श्रेष्ठको अभिनय छ । रिमेक गरिएको भिडियो अस्ट्रेलियाको मेलबर्नमा छायांकन गरिएको हो ।
१८ वर्षअघि गीत तथा भिडियो चर्चित भएको थियो । ‘१८ वर्षपछि भिडियो रिमेक गर्नुको उद्देश्य सुनील दाइको सम्झना हो,’ सुनोदले भने । उनले यसअघि बिर्सिन सक्दिनँ, सात समुन्द्रपारिलगायत आधा दर्जन गीतको भिडियो रिमेक गरेका थिए ।
श्रेष्ठ एस इभेन्ट्स एन्ड मल्टिमिडिया कम्पनीमार्फत नेपाली गीतसंगीत तथा चलचित्र प्रवद्र्धनमा सक्रिय छन् । रिमेक भिडियो भीम गोपाल इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।