सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयश्री दामको प्रदर्शन मिति घोषणा

२०७५ भदौ ७, ०८:१३

 जयश्री दाम फिल्मको फस्र्ट लुक पोस्टरका साथमा प्रदर्शन मिति घोषणा गरिएको छ । कमेडी जनराको फिल्म पुस २० गते प्रदर्शन हुनेछ ।
बिप्लोप उप्रेतीको निर्देशनमा बनेको फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् । रविन आचार्य र मित्रध्वज गुरुङ सहनिर्माता रहेको फिल्ममा राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपाने, प्रमोद अग्रहरी, विष्णु सापकोटालगायत कलाकारले अभिनय गरेका छन् ।
अमरदीप सापकोटा र निर्देशक बिप्लोपको पटकथा रहेको फिल्मको डिओपी रविन आचार्य हुन् । 
नवराज उप्रेतीले खिचेको फिल्मका गीतमा सुशान्त गौतमको संगीत छ ।

कमेन्ट लोड गर्नुस