सुदूर नेपाललाई विश्वसँग जोड्दै

झोलाभरि किताब बोक्ने हिरोइन

२०७५ साउन १९, ०७:५१

हाम्रा सेलिब्रिटिहरूको पढाइलाई लिएर बेलाबखत चर्चा-परिचर्चा हुने गर्छ। अधिकांश अभिनेत्रीले प्लस टू पनि पास नगरेको तथ्य पनि छर्लंग छ। पढाइ बीचैमा छोडेर फिल्ममा आउने अभिनेत्रीहरू फिल्मका कारण पढाइ पूरा गर्न सकिएन भन्दै गफ दिइरहेका भेटिन्छन्। अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १० मा पढिरहेकी छिन्। कतिपय हिरोइनलाई पढाइ बीचैमा छोड्नु परेको पिरलो पनि देखिन्छ । तर, 'झमकबहादुर ' फिल्मबाट डेब्यू गरेकी अभिनेत्री सुजाता थापा भने फिल्मको पब्लिसिटीमा हिँड्दा पनि झोलाभरि किताब बोकेर हिँडिरहेकी भेटिन्छिन्।
 यही शुक्रबार रिलिज हुने फिल्मको प्रचारप्रसारमा जोडतोडले लागिरहेकी सुजाता एमए पहिलो सेमेस्टरकी विद्यार्थी हुन्।  सेमेस्टर प्रणालीमा कलेजमा अनिवार्य उपस्थित हुनुपर्ने र असाइनमेन्ट पूरा गर्नुपर्ने भएकाले उनी फुर्सद हुनेबित्तिकै झोलाबाट कोर्सबुक निकालेर पढिरहेकी भेटिन्छिन्। त्रिवि केन्द्रीय क्याम्पसमा इभिनिङ सिफ्टमा क्लास लिइरहेकी उनी दिनभर फिल्मको पब्लिसिटीमा लागे पनि २ बजेपछि भने क्लासरुममा भेटिन्छिन्। अभिनय र विश्वविद्यालयको क्लासरुममा एकसाथ टाइम दिइरहेकी यी अभिनेत्री फिल्म र पढाइ दुवैतिर सफल हुन्छिन् कि हुँदिनन्, त्यसका लागि भने 'झमकबहादुर' मा उनको अभिनय नै हेर्नुपर्ने हुन्छ।  

कमेन्ट लोड गर्नुस