टीकापुर पार्कमा सुरेश भट्ट सोफियालाई फकाउँदै (भिडियो सहित)
पछिल्लो समयमा प्रदेश सातका म्युजिक भिडियो र लघु चलचित्रमा व्यस्त सुरेश भट्ट सोफिया पाण्डेयलाई टीकापुर पार्कमा फकाउन लागिरहेको देखिएको छ । तर यो वास्तविकमा नभई एक नेपाली चलचित्रको कभर गीतमा भट्ट सेफियालाई फकाईरहेको अवस्थामा देखिएका हुन् । नेपाली चलचित्र म यस्तो गीत गाउँछुको भन्छु आज मनको कुरा बोलको गीतमा उनी यो अवस्थामा देखिएका हुन । टेक विसी र निर्मला कडायतको स्वरमा रहेको कभर गीतमा पछिल्लो समयमा प्रदेश नम्वर सातका चर्चित र व्यस्त मोडेल सुरेश भट्टले टीकापुर पार्कमा मोडेल सोफिया पाण्डेयलाई फकाउँदै आफ्नो बनाएको दृश्य देखन मिल्छ ।
कृष्ण विसीको निर्देशन र सम्पादनमा वनेको कभर गीतको छायाँकन अमृत उपाध्यायले गरेका हुन । दर्जन वढी म्युजिक भिडियो र आधा दर्जन वढी लघु चलचित्रमा अनिभयन गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीया स्थित वसोवास गर्दै आएका भट्टको माग पछिल्लो समय वढ्दै गएको छ । अत्तरीयामा होटेल व्यवसाय समेत गरिरहेका उनले यसअघि भारतमा वस्दा भारतको चर्चित सिरियल सिआईडीमा समेत अभिनय गरिसकेका छन । भट्टले नेपाल दुग्ध संस्थानका दुग्धजन्य उत्पादनहरुको विज्ञापनमापनि काम गरिसकेका छन् ।