सुदूर नेपाललाई विश्वसँग जोड्दै

दर्शकबाट घेरिए आर्यन र साम्राज्ञी

२०७५ साउन २२, ०८:२४

 आर्यन सिग्देल र साम्रज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘कायरा’ शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हो । 
 चलचित्रले राम्रो ब्यवसाय गरेको निर्माता समेत रहेका निर्देशक लक्ष्मण रिजालले जानकारी दिए । लभस्टोरी जनरामा बनेको चलचित्र हेरेपछि दर्शकले राम्रो प्रतिक्रिया दिएको रिजालको भनाई रहेको छ । 
 ‘कायरा’को प्रतिक्रिया बुझ्न कलाकार सहित निर्माण युनिट बिभिन्न चलचित्र भवनमा पनि पुगेका थिए । चलचित्र भवनमा पुगेका युनिट मध्य आर्यन र साम्रज्ञीसँग सेल्फी खिच्ने दर्शक धेरै देखिए । 
चलचित्र भवनमा यी कलाकार पुग्दा दर्शकबाट घेरिन पुगे ।
शनिवार काठमाडौंका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिज लगायतमा चलचित्रले राम्रो दर्शक पाएको र सिंगल थियतरमा पनि दर्शकको चाप देखिएको निर्माण युनिटको भनाई रहेको छ । 
उपत्यका बाहिर चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको राम्रो साथ चलचित्रलाई रहेको वितरक सुनिल मानन्धरले जानकारी दिए ।
आर्यन सिग्देल इन्टरटेन्मेन्ट र आर एन्ड आर प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘कायरा’को ट्रेलर रिलिज भएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मीको प्रेम, विछोडलाई देखाइएको छ ।
चलचित्रमा आर्यन र साम्राज्ञीको साथमा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।
कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविण सिंहको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन, केदार भुषालको पटकथा तथा संवाद, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रको सम्पूर्ण छायांकन फिलिपिन्समा गरिएको छ । 

कमेन्ट लोड गर्नुस