दिलबरले दिलायो नोरालाई चर्चा
नयाँ फिल्म ‘सत्यमेव जयते’को ‘दिलबर’ बोलको गीत हालै सार्वजनिक भयो । त्यो गीतले युट्युबमा एकैदिनमा लाखौँ दर्शक पायो । त्यसको मुख्य कारण हो, डान्सर हिरोइन नोरा फतेही ।
गीतमा नोराको डान्स, एक्सप्रेसन तथा प्रस्तुतिले निकै तारिफ पाएको छ । खासमा यो गीत पहिला सन् १९९९ को ‘सिर्फ तुम’ फिल्ममा थियो । त्यो फिल्ममा यो गीतमा सुस्मिता सेनले डान्स गरेकी थिइन् ।
सत्यमेव जयतेमा त्यो गीतको रिक्रियट गरिएको छ । जसकारण पनि दर्शकले मन पराएको बताइन्छ । यो गीत आएपछि नोराका फ्यान ह्वात्तै बढेका छन् ।
नोरा मोडल, डान्सरका साथै अभिनेत्री पनि हुन् । उनी हाल सलमान खानको ‘भारत’ फिल्मका कारण चर्चामा छिन् । सो फिल्ममा उनले एउटा आइटम डान्स गर्न सक्ने सम्भावना रहेको बताइन्छ ।