दिशाद्वारा यशराजको प्रस्ताव अस्वीकार
यशराज फिल्म्सको नाम हिन्दी सिनेमामा सम्मानको साथ लिइन्छ । हरेक अभिनेत्री यस प्रोडक्सन हाउसको फिल्ममा काम गर्नका लागि आतुर हुन्छन् । तर, दिशा पटानीले यी सब कुरालाई लत्याइदिएकी छिन् ।
यशराज फिल्म्सले एकसे एक हिट फिल्म दर्शकमाझ प्रस्तुत गरेको छ । बलिउडका सुपरस्टार सलमान खानलाई यशराज फिल्म्समा काम गर्ने अवसर उनले करिअर सुरु गरेको वर्षौंपछि मिलेको थियो ।
उनी सन् २०१२ मा मात्र फिल्म ‘एक था टाइगर’बाट यशराज फिल्म्ससँग जोडिएका थिए । तर, दिशा पटचानीले भने पाएको अवसर पनि छाडिदिइन् ।
दिशाले फिल्म छाड्नुमा अभिनेता ऋतिक रोशन नै कारण भएको बताइन्छ । नयाँ प्रोजेक्टमा ऋतिक रोशन र टाइगर श्राफले पनि काम गरेका थिए । तर, ऋतिकले दिशालाई फ्लर्ट गर्ने कोसिस गरे । ऋतिकले दिशालाई म्यासेज गरेर डेट जाने प्रस्ताव राखेका थिए ।
जसका कारण दिशा दुखित भएकी थिइन् । त्यही कारण उनले फिल्म छाडेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अहिले उनी सलमान खानसँग ‘भारत’मा अनुबन्धित भएकी छिन् ।
सलमानसँग भएकै कारण पनि दिशाले त्यो हिम्मत देखाएको भारतीय मिडियाले अनुमान गरेका छन् ।