देव भए पुग्छ मरिष्कालाई
भाद्र २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको कमेडी फिल्म ‘साली कस्को भेनाको’ रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।
'माया तिमीलाई...' बोलको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।
सुरजसिंह ठकुरीको शब्द तथा संगीत रहेको गीतमा स्वर भने संगीतकार ठकुरी र आकांक्षा बस्यालको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल र नव-नायक देव सागर फिचर्ड छन् ।
विल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, सुष्मा कार्की, वीरेन श्रेष्ठ, पुष्प आचार्य, जयनन्द लामा, कविता आलेको पनि यो फिल्ममा अभिनय छ ।
प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् ।
फिल्मको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् ।