धनगढीको साहित्य साँझमा ‘पल्लवी’ र कडरीयाका रचना गुञ्जिने
युगल रचना वाचनको तयारी पुरा
धनगढीमा हुने साहित्य साँझको तयारी पुरा भएको छ । भोली हुने साहित्य साँझको तयारी पुरा भएको आयोजकले जनाएको छ । साहित्य साँझमा सयुक्त रचना वाचन हुने छ । रचना बाचन समूह धनगढीको गर्ने साहित्य साँझमा गजलकार तारा भट्ट ‘पल्लवी’ र गजलकार रघुनाथ कडरीयाको सयुक्त रचना बाचन हुने आयोजक समितीका सदस्य डिल्लीराज ओझाले बताए ।
२०७३ साल कार्तिक २७ मा युवाकवी जनक रसिकबाट एकल रचना बाचन कार्यक्रमको सुरुवात गरिएको थियो । दोश्रो शृङ्खलामा २०७३ पौष ९ गते सञ्चारकर्मी तथा गजलकार डिल्लीराज ओझा समर्पण गुन्जिएका थिए भने त्यसपछि अली सुस्ताएको एकलवाचन पुनः २०७४ को मध्यतिर कवि हेमन्त विवशले एकल रचना बाचन मार्फत धनगढी तताएका थिए ।
विगतमा एकल रचना बाचन हुदै आएकोमा पहिलो पटक युगल रचना बाचनको तयारी भएको हो । शनिवार गजलकारद्वय तारा पल्लवी र रघुनाथ कडरियाले आफ्ना सृजना मार्फत प्रदेश अस्थायी राजधानी धनगढीलाइ गुन्जायमान बनाउने तयारीमा छन् । पल्लवी प्रदेश ७ बाट २०६० को दशकदेखी नेपाली गजल लेखनना सक्रिय नारी श्रस्टा हुन भने कडरीय पनि सोही बेलादेखि नै कलम चलाइरहेका सक्रिय श्रस्टा हुन ।
वाचन संघसंगै दर्शकलाइ थप मनोरञ्जन प्रदान गर्न गाएक र संगीतकार नरेश जोशीको गायन पनि राखिएको आयोजक समितीका सदस्य ओझाले बताए । युगल रचना वाचन अवलोकन गर्न एक सयको टिकट राखेको उनले बताए । कार्यक्रम उद्योग वाणिज्य संघ कैलालीको सभाहलमा हुने छ ।