सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपथ्य तेस्रो पटक बेलायतमा

२०७५ भदौ ६, ०७:३४

 सांगीतिक ब्यान्ड नेपथ्य तेस्रोपटक बेलायतमा प्रस्तुत हुने भएको छ । नेपथ्यले आउँदो १६ भदौमा ओ टु एकेडेमीमा प्रस्तुति दिने तयारी गरेको हो ।
 पाँच वर्षअघि नेपथ्यले विम्बले एरेनामा, तीन वर्षअघि लन्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुति दिएको थियो ।
हालै अमेरिकाको बोस्टन र टेक्सासपछि जापानको टोकियो डोममा नेपथ्यले कार्यक्रम प्रस्तुत गरेको थियो ।
ब्यान्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले जानकारी दिए । नेपथ्यले प्रस्तुति दिन लागेको हलमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टीजस्ता हस्ती एवं टोलीहरूले प्रस्तुति दिइसकेका छन् ।
नेपाली लोकगीतलाई नयाँ पुस्ताका श्रोतासँग जोड्दै आएको नेपथ्यले बेलायतमा न्यानो स्वागत पाउँदै आएको छ ।
 ‘हामीले घरबाट टाढा पुगेकाहरूलाई घरको माया बोकेर लगिदिने गरेका छौँ,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘बेलायतको मञ्चमा उभिँदा मलाई जहिले पनि त्यहाँको आत्मीयताले प्रभाव पारिरहेको हुन्छ ।’
नेपथ्यको नयाँ एल्बमको तयारी गरिरहेको अमृतले थपे, ‘लन्डनमा नेपथ्यका सर्वकालिक हिट गीतका साथमा केही नयाँ गीत सुनाउनेछौँ ।’

कमेन्ट लोड गर्नुस