सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो नम्बरमा सार्वजनिक

२०७५ साउन १५, ०७:४८

 चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक गरिएको छ । चलचित्र टिमले सोमबार गीत सार्वजनिक गरेको हो ।
यस गीतको भिडियोमा दिपाश्री निरौला, दिपक राज गिरी, केदार घिमिरे (माग्ने बुढा), बुद्धि तामाङ (हैट), प्रियंका कार्की, सुनम गिरी, वर्षा राउत, दिपिका प्रसाईलगायतको फिचरिङ छ । 
दिपाश्री निरौला निर्देशित चलचित्रको यस गीतमा डेभिड शंकर र बिन्दु परियारले स्वर दिएका छन् ।
राजेन्द्र थापाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रलाई पुरुषोेत्तम प्रधानले खिचेका छन् ।

कमेन्ट लोड गर्नुस